PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

हिमपातले जनजीवन कठिन हुँदा पनि यसरी खटिँदै छन् चिनियाँ विद्यार्थी सेवामा



पहिलोपोस्ट

हिमपातले जनजीवन कठिन हुँदा पनि यसरी खटिँदै छन् चिनियाँ विद्यार्थी सेवामा

काठमाडौं : कोभिड-१९ संक्रमणको आउटब्रेक इपिसेन्टर चीनमा कोभिड-१९ को संक्रमण नियन्त्रणमा रहे पनि दैनिक केही संख्यामा नयाँ संक्रमित थपिँदै गएका छन्। कोभिड-१९ नियन्त्रणका लागि सतर्कता अपनाइरहेको चीनमा स्थानीय स्तरमा महामारी विरुद्धका प्रयासहरु जारी छन्।

चिसो मौसमका कारण चीनका उत्तरी क्षेत्रमा हिमपात भइरहेको छ। चीनको पूर्वोत्तर राज्य लियाओनिन प्रान्तमा पछिल्लो समय कोभिड-१९ को संक्रमण पुष्टि भएपछि त्यहाँ उच्च सतर्कता अपनाइएको छ। प्रान्तको दलियान ओसियन युनिभर्सिटीमा विद्यार्थीहरुलाई सतर्कता अपनाउँदै बाहिर निस्किन दिइएको छैन। विश्वविद्यालय डिसेम्बर २१ देखि बन्द गरिएको छ।

विश्वविद्यालय बन्द भए पछि विश्वविद्यालय भित्र रहेका विद्यार्थीका लागि आवश्यक सामाग्रीहरुको आपूर्ती विश्वविद्यालयले नै गरेको छ। त्यसका लागि १९ वर्ष आसपासका १७ स्वंमसेवक परिचालन गरिएको छ। उनीहरुले विश्वविद्यालय भित्र रहेका पाँच हजार १०९ शिक्षक तथा विद्यार्थीलाई खाद्यान्न पुर्‍याइरहेका छन्।

एन्टि इमिडेमिक भोलुन्टियर गठन गरी सेवा प्रदान गरिएको छ। पछिल्लो समय हिमपात भए पछि जनजीवन कठिन हुँदासमेत उनीहरु सेवामा खटिइरहेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell