PahiloPost

Jun 17, 2026 | ३ असार २०८३

प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गर्दै धनगढीमा टायर बालेर प्रदर्शन



पहिलोपोस्ट

प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गर्दै धनगढीमा टायर बालेर प्रदर्शन

धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणलाई लक्षित गरेर धनगढीमा टायर बालेर प्रदर्शन सुरु भएको छ।

प्रधानमन्त्री नेकपा ओली समूहको सुदूरपश्चिम कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न धनगढी पुगिसकेका छन्।

नेकपा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री विरुद्ध टायर बालेर विरोध जनाएका छन्। उक्त समूह निकट अनेरास्ववियुले जिल्ला प्रशासन कार्यालय कैलाली नजिक टायर बालेको हो।

विभिन्न ठाउँमा कालो झण्डा देखाउने पनि कार्यक्रम रहेको एक जना विद्यार्थी नेताले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell