PahiloPost

Jun 15, 2026 | १ असार २०८३

सुदूरपश्चिमको बृहत आमसभामा प्रधानमन्त्री ओली

सुदूरपश्चिमको बृहत आमसभामा प्रधानमन्त्री ओली

पहिलोपोस्ट /पहिलोपोस्ट


धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुदूरपश्चिममा सम्बोधन गर्दैछन्।

प्रधानमन्त्री भइसकेपछि पहिलोपटक सुदूपश्चिम पुगेका ओलीले प्रदेश राजधानीमा धनगढीमा आफ्नो समूहको प्रदेश कमिटीले आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्न विहान ११ बजे धनगढी पुगिसकेका छन्।

प्रधानमन्त्री भएपछि पहिलोपटक धनगढी आएका ओलीलाई हेर्न र उनको भाषण सुन्न जिल्ला जिल्लाबाट नेता कार्यकर्ता धनगढी आउने क्राम जारी छ ।

प्रदेश कमिटीले भेलामा ५० हजार जनशक्ति उतार्ने दावी गरेको छ।

भेलाको आयोजना लेखराज भट्ट, कर्णबहादुर थापाको नेतृत्वमा भएको हो। प्रतिनिधिसभा विघटनपछि विभाजनको मुखमा पुगेको नेकपामा ओली समूहले सुदूरपश्चिमलाई आफ्नो पकडमा पार्न तीन वटा मन्त्री थपेको छ भने प्रधानमन्त्री भएपछि ओली पहिलोपटक सम्बोधन गर्न प्रदेश आएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell