PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

लिपुलेक र लिम्पियाधुरा समेटर नक्सा जारी गरेपछि अहिलेको कोकोहोलो- प्रधानमन्त्री ओली



पहिलोपोस्ट

लिपुलेक र लिम्पियाधुरा समेटर नक्सा जारी गरेपछि अहिलेको कोकोहोलो- प्रधानमन्त्री ओली

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूभाग सामेल गरेर नक्सा छापिएपछि अहिले देखिएको कोहोलो देखिएको आरोप लगाएका छन्। सदुरपश्चिमको धनगढीमा आयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आफू निकटका कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।

'नेपाली भूमि लिपुलेक, लिम्पियाधुरालाई नक्सामा समेट्दा केहीमा पनि पूर्ण सहमत नहुनेलाई एकमत बनाएर संविधान संशोधन गरेर नक्सा प्रकाशित गर्‍यौँ,' उनले भने, 'अहिले कोकोहोले चलेको छ। त्यो नक्सा छापेवापत भएको हो।'

उनले आफूलाई बाहिर राष्ट्रवादी देखाए पनि ब्यक्तिवादी भएको आरोप लगाए। उनले नेता भीम रावल प्रति लक्षित गर्दै पदका लागि लडेको आरोप लगाए।

'मैले मन्त्री बनाएका बेला केपी ओली ठिक थियो। मैले उहाँलाई पीर पर्‍यो। आज सुदुर पश्चिमले ४ जना मन्त्री पाएको छ। चार जना मन्त्री पाउँदा उहाँ खुसी हुनुपर्ने हो। दु:खी हुनुभयो,' उनले भने, 'राष्ट्रका लागि होइन्। आफ्ना लागि दु:खी भएका छन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell