PahiloPost

Jun 15, 2026 | १ असार २०८३

थप ५५४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि, ६ जनाको मृत्यु



पहिलोपोस्ट

थप ५५४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि, ६ जनाको मृत्यु

काठमाडौं :  नेपालमा थप ५५४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा पाँच हजार २६९ जनाको नमुना परीक्षणका क्रममा १८८ महिला र २६६ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

यो सँगै नेपालमा कोभिड-१९ को संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ६४ हजार १५९ पुगेको छ। त्यस्तै कोभिड-१९ को संक्रमणको कारण नेपालमा थप ६ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा एक हजार ९०९ जनाको मृत्यु भइसकेको छ।

हालसम्म नेपालमा संक्रमण पुष्टि भएको मध्ये ९७.४ प्रतिशत संक्रमण मुक्त भइसकेका छन्। पछिल्लो २४ घण्टामा ५८५ जनामा संक्रमण मुक्त भएका छन्। योसँगै संक्रमण मुक्त हुनेको संख्या दुई लाख ५७ हजार २२९ पुगेको छ। हाल पाँच हजार २१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell