PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

टिपरले ठक्कर दिँदा एक युवतीको मृत्यु



पहिलोपोस्ट

टिपरले ठक्कर दिँदा एक युवतीको मृत्यु

सुर्खेतः टिपरको ठक्करबाट भेरीगंगा नगरपालिका छिन्चु सुर्खेतमा एक युवतीको मृत्यु भएको छ।

कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिपरले भे ७ प ५२०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार वीरेन्द्रनगर नगरपालिका ११ की २३ वर्षीया तारा कुमारी आलेको मृत्यु भएको हो। दुर्घटनाबाट घाइते आलेलाई उपचारका लागि प्रदेश अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।

मोटरसाइकल चालक शुभकालिका गाउँपालिका कालिकोटका २६ वर्षीय दुर्गा शाही सामान्य घाइते भएका छन्।  टिपर र चालकलाई इलाका प्रहरी कार्यालय छिन्चुले नियन्त्रणमा लिएको प्रहरीले जानकारी  दिएको छ।

अहिले दुर्घटना स्थलमा पीडितलाई न्याय दिलाउनुपर्ने र दोषीलाई कडा कारबाहीको माग गर्दै स्थानीयको प्रदर्शन भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell