PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

झण्डै २५ वर्षपछि कर मुक्त भयो माइकल ज्याक्सनको त्यो कन्सर्ट



पहिलोपोस्ट

झण्डै २५ वर्षपछि कर मुक्त भयो माइकल ज्याक्सनको त्यो कन्सर्ट
Getty Images

२५ वर्षअघि मुम्बईमा आयोजित कार्यक्रम माइकल ज्याक्सनले भारतमा दिएको एक मात्र प्रत्यक्ष प्रस्तुति बन्यो। नोभेम्बर १ मा भएको त्यस कार्यक्रममा झण्डै ३५ सय दर्शक उपस्थित थिए।

ज्याक्सनले १७ वटा गीत गाएका थिए। उनले १९९६ को सेप्टेम्बर देखि १९९७ को अक्टोबरसम्म 'वर्ल्ड टूर' गरेका थिए। विभिन्न देशमा गरेको ८३ वटा कार्यक्रम अन्तर्गत थियो मुम्बईको त्यो कन्सर्ट।

त्यस समय महाराष्ट्रमा राजनीतिक दल शिव सेनाको दबदबा थियो। शिव सेनाले उक्त कार्यक्रमको मनोरञ्जन कर छुट गरेको थियो। कार्यक्रमको उद्देश्य परोपकारी भएकाले छुट दिएको बताइएको थियो।

तर, उक्त कार्यक्रम तत्काल कानूनी विवादमा तानियो। सरकार, कन्सर्ट आयोजक र एक उपभोक्ता संरक्षण समूह विवादमा सामेल थिए। कार्यक्रम कर मुक्त गर्नु कति उचित भन्ने विषयमा विवाद भएको थियो। ज्याक्सनको संगीतलाई कसरी परिभाषित गर्ने? भन्ने विषयमा पनि छलफल भएको थियो।

'कारणबस् केही मानिसले चिन्दैमा उनको प्रस्तुतिको शूल्क मिनाह गरिदियो', बीबीसीका अनुसार इन्डिया टुडेले सन्‍ १९९६ मा लेखेको थियो।

माइकल ज्याक्सनले कन्सर्टबाट भएको मुनाफा शिव सेनाको 'युवा रोजगार योजनाका' लागि सहयोग गर्ने बताएका थिए। उक्त रकम १० लाख अमेरिकी डलरभन्दा बढी भएको लेखक सुकेटु मेहताले किताब 'म्याक्सिमम सिटी'मा जनाएका छ।

तर, मुम्बई ग्राहक पञ्चायत उपभोक्ता संरक्षण समूहले तत्कालिन बम्बई उच्च अदालतमा कर छुटविरुद्ध निवेदन दिएको थियो। किनकि उक्त छुट घोषणा हुनु केही समयअघि मात्र सरकारले औषधी विक्रीमा कर बढाएको थियो। यी दुई घटना एकसाथ हुनुले विवाद चर्काएको हो।

माइकल ज्याक्सनको प्रस्तुति हेर्न दर्शकले पाँच हजार भारतीय रुपैयाँ तिर्न परेको थियो। त्यस कार्यक्रमले आयोजक संस्था र शिव सेनालाई मात्र फाइदा पुर्‍याएको आरोप छ।

उपभोक्ता समितिले कन्सर्टको टिकट बिक्रीबाट ३० मिलियनभन्दा बढी जम्मा गरेको र त्यसमा कर छुट निलम्बित गरेको विषयमा सरकारले जाँच गर्नुपर्ने भन्दै याचिका दिएको थियो।

तर, कन्सर्ट भएको २५ वर्ष हुन लाग्दा महाराष्ट्रको वर्तमान सरकारले भने माफी बहाल गरिदिएको छ।

राज्य मन्त्री सुभाष देसाईले मंगलवार साँझ क्याबिनेटमा माइकल ज्याक्सनको उक्त सांगीतिक कार्यक्रमका लागि मनोरञ्जन कर ३.३ मिलियन डलर माफ गर्ने प्रस्ताव पारित गरेका हुन्। उक्त रकम अब आयोजक संस्थाले हक दावी गर्न सक्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell