PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट माघ दुई गतेदेखि, कीर्तिपुर र मूलपानीमा खेलाइने



पहिलोपोस्ट

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट माघ दुई गतेदेखि, कीर्तिपुर र मूलपानीमा खेलाइने
फाइल फोटो

काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता माघ दुई गतेबाट सुरु हुने भएको छ। आज नेपाल क्रिकेट संघ (क्यान)ले विज्ञप्ति निकाल्दै माघ दुई गतेबाट काठमाडौंमा प्रतियोगिता सुरु हुने जनाएको हो।

प्रतियोगितामा सात वटा प्रदेश र तीनवटा विभागीय टोली गरी दश टोलीले सहभागिता जनाउने छन्। टिमहरुलाई समूह ‘ए’ र समूह ‘बी’ गरी दुई समूहमा राखिएको छ।

समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश रहने छन्। त्यस्तै समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश २ र सुदूरपश्चिम प्रदेश रहने छन्।

प्रतियोगिता २ गतेबाट सुरु भएर १७ गते टुंगिनेछ। प्रतियोगिताको उदघाटन खेलमा त्रिभुवन आर्मी र गण्डकी प्रदेश भिड्ने छन्। सुरुका दुई दिनको खेलहरु कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा हुनेछन् भने तेस्रो दिनबाट मूलपानी र कीर्तिपुरमा दैनिक दुई खेल हुनेछन्।

१३ गते कुनै खेल छैन र १४ गते सेमिफाइनल खेल हुनेछ। त्यस्तै १५ गते ग्याप भएर १६ गते फाइनल खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell