PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

एस्टोन भिल्लामाथि लिभरपुलको सहज जित



पहिलोपोस्ट

एस्टोन भिल्लामाथि लिभरपुलको सहज जित

एफए कप अन्तर्गत गएराति भएको तेस्रो चरणको खेलमा लिभरपुलले सहज जित निकालेको छ। भिल्ला पार्कमा भएको खेलमा लिभरपुलले कोरोनाका कारण युवा खेलाडीहरु उतारेको घरेलु टोलीमाथि ४-१ गोलअन्तरले जित निकालेको हो। घरेलु टोलीले यू २३ का सात जना र यू १८ का ४ जना खेलाडी उतारेको थियो।

खेलमा साडियो मानेको गोलमा लिभरपुलले अग्रता बनाएको थियो। उता एस्टोन भिल्लाका १७ वर्षे खेलाडी लुई बेरीले ४१ औं मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए। पहिलो हाफ १-१ को बराबरीमा टुंगियो।

दोस्रो हाफमा लिभरपुलले पाँच मिनेटको अन्तरमा तीन गोल थप्यो। जिओरजिनिओ विजनाल्डमले ६० औं मिनेटमा गोल गरे भने ६३ औं मिनेटमा मानेले फेरि गोल थपे। त्यस्तं ६५ औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दा लिभरपुलले ४-१ गोलअन्तरले खेल आफ्नो पक्षमा पार्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell