PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ललितपुर र भक्तपुरका झै लाग्ने डरलाग्दो टोखाको घटना : श्रीमान बेडमा मृत फेला, श्रीमती झुन्डिएको अवस्थामा



पहिलोपोस्ट

ललितपुर र भक्तपुरका झै लाग्ने डरलाग्दो टोखाको घटना : श्रीमान बेडमा मृत फेला, श्रीमती झुन्डिएको अवस्थामा
फाइल फोटो

काठमाडौं : काठमाडौंको टोखामा एक दम्पती मृत अवस्थामा फेला परेका छन्। 

शुक्रवार पौने ९ बजे टोखास्थित ग्राण्डी भिलामा  उमेश केसी र उनकी श्रीमती सुदीक्षा गिरी मृत अवस्थामा भेटिएका हुन्। उमेश कोठाको बेडमा लडिरहेको र श्रीमती पासोमा झुन्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी प्रमेश विष्टले जानकारी दिए।

उमेश केही समयअघि मात्र अमेरिकाबाट फर्किएका थिए। श्रीमान् श्रीमती बिच विवाद हुँदा घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उमेशको शिरमा चोटपटक देखिएको छ। घटनास्थल नजिकै रगत लागिएको ढुँगा समेत भेटिनुले थप शंका जन्माएको छ।

'श्रीमतीले श्रीमानको हत्या गरेर आफुले आत्महत्या गरेको जस्तो देखिएको छ,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

एक जनाको शरिरमा चोटपटक र अर्को जना झुन्डिएकाले घरभित्र नै घटना भएको अनुमान प्रहरीले गरेको छ। शवलाई पोष्टमार्टको लागि त्रिवि शिक्षण अस्पताल महाजगंज पठाएको परिसरका डीएसपी विष्टले जानकारी दिए।

'एक जना झुन्डिएको र अर्को जना बेडमा लडेको अवस्थामा भेटिएको हो। थप अनुसन्धान गरिरहेका छौं,' डीएसपी बिष्टले भने।

यसअघि गत भदौ २६ गते भक्तपुर मध्यपुर थिमि नगरपालिका ९ स्थित निकोसेरा भन्ने ठाउँमा घरभित्र एकै परिवारका तीन जनाको शव फेला परेको थियो। घटनाको प्रकृति झन्डै उस्तै थियो। घरमा ३६ वर्षीय सुदीप अधिकारी, उनकी ३४ वर्षीया पत्नी सम्झना अधिकारी र १५ वर्षीय छोरा मृत अवस्थामा फेला परेका थिए। प्रहरीले अनुसन्धान गर्दै जाँदा सुदीपले श्रीमती र छोराको हत्या गरेपछि आफूले विष सेवन गरेर आत्महत्या गरेको निष्कर्ष निकालेको थियो।

ललितपुरमा पनि यस्तै २०७६ माघमा पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या भएको थियो। घरमा भएको सीसी क्यामरा तथा अन्य प्रमाणको आधारमा उनको हत्या घरमा काम गर्न राखिएका २२ वर्षीय विजय चौधरीले मुनाको हत्या गरी आत्महत्या गरेको प्रहरीले निष्कर्ष निकालेको थियो।

घरभित्र नै लिभिङ रुममा विजय चौधरीको नाइलनको डोरी लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेका थिए। हत्यापछि आत्महत्या गर्दा यस्ता घटनामा हत्याको कारण यही भने खुल्न सक्दैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell