पहिलोपोस्ट
9th January 2021, 01:36 pm | २५ पुष २०७७
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार सुदूरपश्चिम प्रदेश पुगे। आफ्नो समूहको प्रदेश कमिटीले आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्न पुगेका ओलीलाई धनगढी विमानस्थलमा स्वागत गर्न उद्योग मन्त्री लेखराज भट्ट, मन्त्रीहरु, प्रदेश प्रमुख लगायत पुगे। तर मुख्यमन्त्री त्रिलोचन भट्ट भने गएनन्।
पूर्वमाओवादी पृष्ठभूमिका मुख्यमन्त्री भट्ट स्वागतमा नगएपछि उनमा 'राजनीति संस्कार नभएको' भन्दै आलोचना भइरहेको छ। आमसभामै नवनियुक्त वनमन्त्री प्रेम आलेले कस्तो संस्कार नभएको मान्छेलाई मुख्यमन्त्री बनाइएछ भन्दै आक्रोश पोखेका थिए।
अहिले सामाजिक सञ्जालमा ओली समूहका कार्यकर्ताले मुख्यमन्त्री भट्टको आलोचना गरिरहेका छन् भने दाहाल-नेपाल समूहले भने भट्टको बचाउ गरिरहेका छन्। प्रचण्ड नेपाल समूहले भट्टले ठिक गरेको भनिरहेका छन्। नागरिक अगुवा र सञ्चारकर्मीसमेत मुख्यमन्त्रीको यो कदममा विभाजित भइरहेका बेला भट्टका स्वकीय सचिव शिवसिंह ओलीले समन्वय र औपचारिक जानकारी नहुँदा मुख्यमन्त्री भट्ट स्वागतमा नगएको स्पष्ट पारेका छन्।
प्रधानमन्त्रीलाई मुख्यमन्त्रीले सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण कामका लागि भेट्न खोज्दा पछिल्लो ८ महिनासम्म समय नदिएको बताउँदै शिवसिंहले प्रदेशमा पार्टीको भेलामा आउँदा समन्वय र औपचारिक खबर पनि नगरिकनै स्वागतको आश गर्नु गलत भएको उल्लेख गरेका छन्।
स्वकीय सचिवले मुख्यमन्त्रीले शिष्टाचार भेट नगर्दैमा संस्कार नभएको नहुने जवाफ दिएका छन्।
'पहिले राजाको सवारी हुँदाको अञ्चलाधीशले गर्ने नमन अहिलेको गणतान्त्रिक ब्यबस्थामा कल्पना समेत गरिँदैन। किनकि यहाँ अहिले सामन्तवाद छैन। ८/८ महिनासम्म मुख्यमन्त्रीलाई सुदूरपश्चिम प्रदेशको महत्त्वपूर्ण कामका लागि समय समेत नदिने अनि प्रदेशमा पार्टीको भेलामा आउँदा समन्वय र औपचारिक खबर पनि गर्नुनपर्ने। तर शिष्टाचार भेट गर्नुपर्ने। नगरे संस्कारहिन हुनुपर्ने। त्यसो नगर्दा प्रदेशसभा र सरकार विघटन गर्नुपर्ने। कस्तो तर्क? अनि कस्तो सनक?' स्वकीय सचिव शिवसिंहले फेसबुकमा मुख्यमन्त्रीका तर्फबाट जवाफ दिएका छन्।
मुख्यमन्त्री ब्यक्ति होइन , प्रदेशको सम्मानित संस्थाको साथै आस्थाको धरोहर पनि हो | त्यसैले मुख्यमन्त्रीले समग्र प्रदेश...
स्वागतमा नआउँदा प्रदेशसभा नै विघटन गरिदिने र मुख्यमन्त्री नै फेर्ने केन्द्रीय मन्त्रीहरुको धम्कीमा पनि स्वकीय सचिवले जवाफ दिएका छन्,
भने 'मुख्यमन्त्री व्यक्ति होइन, प्रदेशको सम्मानित संस्थाको साथै आस्थाको धरोहर पनि हो। त्यसैले मुख्यमन्त्रीले समग्र प्रदेशवासीको भावनाको प्रतिनिधित्व गर्नुपर्ने हुन्छ। संघीयता कसैको उपहारबाट प्राप्त वस्तु होईन। यो हजारौ शहीदको बलिदानीबाट प्राप्त उपलब्धि हो।'
Bahadur Bhandari[ 2021-01-10 01:42:49 ]
सुदुर पश्चिमेलिका समस्या बिकास निर्माणका एजेन्डा र सुदुर पश्चिम का विभिन्न ठाउमा भएका सिमा अतिक्रम का बिषयमा छलफल गर्नेभनि काठमाडौं पुगि प्रधानमन्त्री सँग भेट्न खोज्दा 5मिनेट समय नदिने प्रधानमन्त्री कसरी हामी सुदुरपश्सिमेलिको हितमा काम गर्न सक्छन् होला
Moti Ram Timilsaina[ 2021-01-09 05:48:36 ]
हैसियत पदले होइन संस्कारले बन्दो रहेछ भन्ने कुरा आज सुदुरपस्चिम प्रदेश सरकारले गरेको व्यबहारले पुष्ठि गरेको छ।पार्टी जे सुकै होस सम्मानिय प्रधानमन्त्री पुरै रास्ट्रको अभिभावक हो।सामान्य कुटनैतिक शिस्टाचार र पदिय मर्यादालाई समेत ख्याल गर्न नसक्ने हुतिहाराहरुबाट आम नागरिकले के आशा गर्ने ??? "गधालाइ जति धोएपनी गाई बनाउन सकिदो रहेनछ" भन्ने उखान साच्चिकै चरितार्थ भएको छ।
Kashiraj Panta[ 2021-01-10 05:25:31 ]
मूख्य मन्त्रिकाे कार्यक्षेत्र भित्र देशकाे प्रधान मन्त्रि जाँदा मन नपरे पनि राजनीतिक संस्कारकाे लागि स्वागत गर्न जानु हरेक हिसाबले ठिक थियाे !चुक्याै ?
Mahashakti Mahata[ 2021-01-10 11:06:49 ]
जसमा इमानदारी नैतिकता स्वच्छता सच्चाइ र सङ्स्कार नभएको बाउ नै किन नहोस उसलाइ स्वागत को सट्टा जुताको माला लगाउनु पर्छ ,ठिक गर्नु भो मन्त्री ज्यु त्यसमा जो पनि सहमत छ ।
Pradip Yakkha[ 2021-01-11 04:19:17 ]
जुत्ताको मालाले स्वागत गरेर एक दुई लात हानेर सम्मान गर्दिए भइ हाल्थ्योनि ।
गणेश गिरी[ 2021-01-11 05:53:34 ]
सहि गर्नु भयो कम्रेड मुख्य मन्त्री जस्तो गरिमामय पदमा आसिन बेक्ती पदिय मर्यादा को ख्यालै नगरी टुके जोक्करे को कमेडि सो हेर्न जान सुहाउने कुरै भएन नि हजुर्😀😅😅
Sunar Buddhishankar[ 2021-01-11 12:49:06 ]
प्रधानमन्त्रीको हैसियतले गएको हो भने स्वागत गरेको भए उचित हुन्थ्यो होला तर एउटै पार्टीको गुटको लिडर भनेर बुझे होलान गएनन। यस्लाई आपत्तिजनक देखिन
Krishna Kusmi[ 2021-01-11 03:17:26 ]
आफ्नो मुख्य मन्त्री को हैसियत नै ख्याल नगर्नु संग के विकास को आशा गर्नु
Kumar Roka[ 2021-01-11 12:50:05 ]
100%सहि कुरा हिजाे पाटि एक हुदा बालुवाटार बाट कहि नजाने अहिले जनता चाहियर नाटक देखायकाे हाे
Kamlesh Niraula[ 2021-01-09 08:13:14 ]
त्यो पनि सहि कुरो हो। सुरक्षाको खतरा भनेर बालुवाटारमा पार्टी मिटिङ गर्नी अनि अहिले देश दौडाहा ।
Rajesh Magar[ 2021-01-11 01:45:02 ]
जे गर्नु भो ठिक गर्नु भयो मुख्य मन्त्री ज्युले कमेडी सोमा गइन्छ त मनोज गजुरेलको मा गइन् छ नि हइन र ।
Samsher Poudel[ 2021-01-10 06:40:36 ]
औपचारिक कार्यक्रममा गएको भएपो संस्कारका कुरा हुन्छन,गुटको कार्यक्रममा आउनेलाई के को संस्कार ।
Tikaram Tamang[ 2021-01-10 04:25:23 ]
एउटा जाबाे मुख्यमन्त्रीको त येत्रो ठुलाे अहंकार अनि प्रधानमन्त्रीको त झन किन नहोस।भाेलि प्रधानमन्त्रीले त केहि बिकास गरेन मैले चै किन गर्नु भन्लान।भाटेै भाटाले हान्नु पर्ने
Rabindra Kafle[ 2021-01-10 12:19:28 ]
जंगलीहरूलाई संस्कार र नैतिकता भन्ने कुरा के थाहा?
Balkrishna Bashyal[ 2021-01-10 05:35:07 ]
Hijo sama wasta nagrne netale jaba chunab aauxa aangalo halere vayeni aama jantalai natakko vomarima parxn netale kya gajab xa murkha janta hamilai
Mohan Bhattarai[ 2021-01-10 02:25:51 ]
कसले मागेको छ हाै स्वागत तिमी संग ?
कार्की परशुराम[ 2021-01-11 04:03:29 ]
नितान्त गुटको भेलामा आएका एक नेतालाई मुख्यमन्त्रीले स्वागत नगर्नु अनौठो विषय हैन।देशको प्रधानमन्त्रीको हैसियतमा आउनेलाई पक्कै पनि स्वागत गर्नै पर्छ।
Khadka Prs Nyaupane[ 2021-01-12 07:12:07 ]
अाफ्नाे अामा भए पाे कान्छि अामाकाे पनि माया काेहि माया मान्छ र
Prem Bam[ 2021-01-11 03:27:33 ]
सुदुरपश्चिमका जनताको हितमा चिन्ता थियो भने यतिका तिन बर्ष सम्म किन कानमा तेल हालेर सुतेका हुन त!
अहिले कसरी याद आयो सुदुरपश्चिमका जनताको?
यो सुदुरपश्चिमेली जनताको मुखमा चारो हाल्ने र नाटक बाहेक केही होइन!
सबैले बुझ्नु पर्ने कुरा छ।
Rajendra Gadtaula[ 2021-01-11 12:43:05 ]
Khabarai nagarikanai chor jasto chor bato vayra sutukka aaunelai k ko swagat ulto vata hanera lakhatnu parne dhanna khi garenan sahan silnai rahexan
Deepak Khadka[ 2021-01-12 10:54:56 ]
प्रचण्डेले जालास भनेर धम्की दियो भनन गजबका छन हौ जंगलीहरु एउटा कानुन भन्दा प्रचण्ड ठुलो भन्ने ज्यानमारा सभामुख अर्को उधारो नलिने नैतिकवान गज्जबको छ जंगली ग्याङ्ग।।
Hari Yakthung Limbu[ 2021-01-12 10:42:01 ]
जे गरे ठीक्कै गरेका हुन्।
Puskar Ranabhat[ 2021-01-11 03:39:55 ]
शहि हो के प्रधान मन्न्री केपि ओलि यो देसको राजा माहाँराजा होर उसलाई भेटन नेपाली जनताले फुल माला लिएर बस्नु पर्ने काँहाको राजनीतिक हो यो