PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

देउवाले चुनावमा जान तयार हुनुपर्छ भनेपछि भाषण सुन्नेकै प्रतिरोध : महाभारतको भीष्मको रुपमा नरहनुहोला



पहिलोपोस्ट

देउवाले चुनावमा जान तयार हुनुपर्छ भनेपछि भाषण सुन्नेकै प्रतिरोध : महाभारतको भीष्मको रुपमा नरहनुहोला

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गरिरहेकै बेला अडियन्सबाट चर्को आवाजमा त्यसको प्रतिरोध गरेका छन्। बुढानीलकण्ठमा आज प्रदेश निर्वाचन क्षेत्रमा सभापति देउवाले सम्बोधन गरिरहेकै बेला उनको भनाइको प्रतिरोध भएको हो।

देउवाले निर्वाचनमा जान पनि तयार रहनुपर्छ भनेपछि अडियन्सबाट चुनावमा गएपनि काँग्रेसले नजित्ने दाबी गरे। त्यसपछि अर्का व्यक्तिले देउवालाई 'महाभारतमा भीष्मको रुपमा नरहनु होला' भनेर सुझाव समेत दिए। दर्शकदीर्घाबाट आएको अप्रत्यासित अभिव्यक्तिले केही समय देउवाको सम्बोधन नै प्रभावित भएको थियो।

त्यसपछि देउवाले 'यहाँ दोहोरो कुरा गर्ने होइन' भने र त्यहाँ खटिएका नेताहरुले पनि ती युवकलाई नबोल्न निर्देशन दिए। ती व्यक्तिको पहिचान भनेको खुलेको छैन।

देउवाले सम्बोधनका क्रममा सर्वोच्चमा विचाराधीन मुद्दामा बोल्ने कुरै नरहेको विचार दोहोर्‍याएका थिए। देउवाले निर्वाचनमा गए काँग्रेसलाई राम्रै हुने बताएका थिए। पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै असंवैधानिक कदम भन्दै काँग्रेस आन्दोलनमा छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell