PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

संविधान पढ्न ओलीलाई सुवास नेम्वाङ लिएर आउन गगनको आग्रह, ‘म रामवरण यादव लिएर आउँछु’



पहिलोपोस्ट

संविधान पढ्न ओलीलाई सुवास नेम्वाङ लिएर आउन गगनको आग्रह, ‘म रामवरण यादव लिएर आउँछु’

काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै संविधान पढ्न आफू तयार रहेको बताएका छन्। आज कांग्रेसले प्रदेशसभा निर्वाचन क्षेत्रमा गरेको विरोध सभालाई सम्बोधन गर्दै थापाले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दावी गर्दै यस्तो बताएका हुन्।

आफ्नो निर्वाचन क्षेत्रस्थित कपनमा सम्बोधन गर्दै थापाले प्रधानमन्त्री ओलीको भनाईप्रति प्रतिप्रश्न गर्दै भने, ‘हिजो धनगढीमा संविधान पढ भन्नुभयो रे। प्रधानमन्त्रीज्यू, मैदान छाडेर भागेको प्रधानमन्त्रीज्यू, लुकेर बसेको सुभास नेम्वाङ र अग्नि खरेल लिएर आउनुस्। म पूर्वराष्ट्रपति रामवरण यादव लिएर आउँछु। खुल्ला मञ्चमा सँगै बसौं। सँगै संविधान पढौं।’

प्रधानमन्त्री केपी शर्मा ओली आफै संविधानबाट भगौडा भएको आरोप लगाउँदै थापाले संविधानले कल्पनै नगरेको शक्ति प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको बताए। पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए। संविधान बनाउने एक सदस्य आफू पनि भएकोले संविधानअनुसार प्रतिनिधिसभा विघटन हुनै नसक्ने दावी प्रस्तुत गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell