PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

प्रधानमन्त्रीमाथि पार्टी भित्रबाटै 'कू' गर्न खोजेपछि संसद विघटन : मन्त्री थापा



पहिलोपोस्ट

प्रधानमन्त्रीमाथि पार्टी भित्रबाटै 'कू' गर्न खोजेपछि संसद विघटन : मन्त्री थापा

काठमाडौं : खानेपानी तथा सरसफाई मन्त्री मणिचन्द्र थापाले पार्टी भित्रबाट प्रधानमन्त्रीमाथि 'कू' गर्न खोजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नुपरेको बताएका छन्।

शनिवार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा मन्त्री थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रबाट प्रधानमन्त्रीलाई हटाएर 'कू' गर्न खोजिएपछि प्रधानमन्त्री ओलीले ताजा जनादेश लिनका लागि प्रतिनिधि सभा विघटन गर्नुपरेको बताए।

देशलाई 'कू'को बाटोमा जानबाट जोगाउन प्रधानमन्त्री ओलीले चुनावको बाटो रोज्नु भएकोले अब चुनावको विकल्प नभएको दाबी गरे। मन्त्री थापाले आफू मन्त्री पद पाउनकै लागि प्रचण्डलाई धोका नदिएकोसमेत स्पष्टिकरण दिए। उनले प्रधानमन्त्री ओलीलाई प्रचण्डले धोका दिएको समेत दाबी गरे।

आफूलाई मन्त्री बन्ने कुरा ठुलो नभएको तर देशलाई अस्थिरताबाट जोगाउन मन्त्री बनेको उनको दाबी थियो। प्रतिनिधि सभा विघटनसम्बन्धी कदम कानूनीभन्दा पनि राजनीतिक निर्णय भएको दाबी गरे। राजनीतिक निर्णय गर्ने अधिकार लोकतन्त्रमा प्रधानमन्त्रीलाई हुने दाबी गर्दै उनले प्रधानमन्त्रीको बचाउ गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell