PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

'कमेडी शो' मा जान प्रचण्डलाई प्रधानमन्त्रीको सिफारिस, 'अण्डाभित्रको हसियाँ हथौडामा लड्नेलाई सूर्य चाहियो रे!'



पहिलोपोस्ट

'कमेडी शो' मा जान प्रचण्डलाई प्रधानमन्त्रीको सिफारिस, 'अण्डाभित्रको हसियाँ हथौडामा लड्नेलाई सूर्य चाहियो रे!'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको अर्को समूहका अध्यक्षहरु प्रचण्ड र माधव नेपाललाई कमेडी सोमा पठाइदिनुपर्ने बताएका छन्।

पार्टी विभाजन उन्मुख रहँदै सो समूह निर्वाचन आयोगमा पुगेको विषयलाई उनले मजाकको रुपमा चित्रण गरे।

'२०७४ असोज टिकाको दिन दुबै सूर्य चिन्हमा लड्ने सहमति भयो। भोलिपल्ट उहाँहरुले मान्नु भएन,' उनले भने, 'अण्डाभित्रको हसियाँ हथौडामा लडे। अहिले तिनलाई सूर्य चाहियो रे। लाज लाग्नुपर्ने होइन्? प्रचण्ड कहिले सूर्यबाट चुनाव लडेका थिए। यस्तो मजाक एउटा कमेडियन सो छ नि त्यता पठाइदिए हुने।'

उनले माधव नेपाललाई पदको लोभ रहेको भन्दै व्यंग्य गरे, 'चुनाव हारेका अन्तैबाट रिमोट दबाएर प्रधानमन्त्री बने र मदन भण्डारी मरेपछि महासचिव र मैल छाडेपछि अध्यक्ष।'

'उहाँलाई नगदै चाहियो रे। अध्यक्ष चाहियो रे। मैले महाधिवेशनसम्म रोक्नुस् न भने उहाँलाई नगदै चाहियो रे,' उनले भने, 'केन्द्रीय कमिटी बैठकमा नआएर माइतिघर मण्डलामा गएर हामी यहाँ छौँ भनेर टासेर बसेछन्। थकाइ लागेपछि अलि माथि उक्लिएर कार्की ब्यंक्वेटमा पुगेर खाइपिइ गरे होलान्। अनी कसैले अध्यक्ष भनिदिएछ। अनि पुग्यो।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell