PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

कालिञ्चोक भगवती मन्दिरमा दर्शनका लागि आएकी एक महिलाको मृत्यु



रासस

कालिञ्चोक भगवती मन्दिरमा दर्शनका लागि आएकी एक महिलाको मृत्यु

चरिकोट : दोलखाको कालिञ्चोक भगवती मन्दिरमा दर्शनका लागि आएकी एक महिलाको मृत्यु भएको छ। दोलखाको प्रसिद्ध धार्मिकस्थल कालिञ्चोकमा दर्शन गर्न आएकी मकवानपुर जिल्ला फापरबारीकी ३३ वर्षीया सम्झना रोका मगरको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

दर्शन गर्न कालिञ्चोकको कुरीबजार पुगेको र सामान्य बिरामी भई मन्दिर जान नसकी कुरीस्थित सङ्गीता होटलमा आराम गरी बसेको बेला एक्कासी बेहोस भएपश्चात उपचारका लागि चरिकोट ल्याइएको थियो। बेहोस भई आज बिहान १०ः३० बजे चरिकोट ल्याइएको रोका मगरको ११ः३० बजे चरिकोट अस्पतालमा मृत्यु भएको थियो। शव चरिकोट अस्पतालमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell