PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

करेन्ट लागेर महोत्तरीमा एक जनाको मृत्यु



रासस

करेन्ट लागेर महोत्तरीमा एक जनाको मृत्यु

जलेश्वर : महोत्तरीको सोनमा गाउँपालिकामा करेन्ट लागेर आज एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोनमा गाउँपालिका-३ रघुनाथपुर गाउँका २० वर्षीय राकेश सहनी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

स्थानीय रामजानकी मन्दिरमा आयोजना हुने भजनकीर्तन कार्यक्रमका लागि साउण्ड सर्भिस (बाजासेट) बजाउनका लागि पोलमाथि तार झुण्ड्याउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका सहनीलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। मृतक सहनीको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell