A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6ab34ef61d4df3.92246051): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6ab34ef61d4df3.92246051,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

पार्टीको निर्णयबाट भाग्ने ओली आफैँ भगौडा नेता हुन् : देवेन्द्र पौडेल
PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

पार्टीको निर्णयबाट भाग्ने ओली आफैँ भगौडा नेता हुन् : देवेन्द्र पौडेल



राधेश्याम पटेल

पार्टीको निर्णयबाट भाग्ने ओली आफैँ भगौडा नेता हुन् : देवेन्द्र पौडेल

वीरगंज : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले आत्मआलोचना गरी प्रतिगमन सच्याएर आएमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गरिएको कारबाही फिर्ता लिइने बताएका छन्। प्रचण्ड-नेपाल समूहको नेकपा वीरगंज महानगर कमिटीद्वारा आज वीरगंजस्थित नगरसभागृहमा आयोजित अगुवा कार्यकर्ता अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले पार्टी फुट्नु र अहिलेको अवस्थामा ल्याउने जिम्मेवार व्यक्ति प्रधानमन्त्री ओली नै भएको आरोप लगाए।

नेता पौडेलले पार्टीको सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीको निर्णय नमान्ने र तानाशाही रुपमा अगाडि बढ्ने अधिकार ओलीलाई कस्ले दियो भन्ने प्रश्न गर्दै शुक्रवार धनगढीमा आयोजित आमसभामा ओलीले जनतालाई दिगभ्रमित गर्न खोजेको आरोप लगाए। उनले प्रचण्ड-नेपाललाई भगौडा नेता भन्ने नेता ओली आफै भगौडा भएको दावी गरे। उनले कुनै हालतमा निर्वाचन हुन नसक्ने र ओली सरकार सत्ता लम्ब्याउने खेलमा रहेको बताए।

नेकपा महानगर कमिटीका अध्यक्ष रहबर अन्सारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य रामचन्द्र साह तेली, दिनेश राई, विघटित सांसद पुष्पा कर्ण, पूर्व सभासद विचारी यादव, जगरनाथपुर गाउँपालिका प्रमुख जालिम मिया, नेकपा प्रदेश २ सदस्य बालगोपाल थापालगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell