PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

कांग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्रीलाई पठाए संविधान



पहिलोपोस्ट

कांग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्रीलाई पठाए संविधान

काठमाडौँः नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पठाएका छन्। शर्माले प्रेस युनियन काठमाडौँ अध्यक्ष जगन्नाथ दुलालमार्फत संविधान पार्सल पठाएका हुन्। पार्सलका साथमा राजु सदा, सूर्यबहादुर तामाङ र निर्मला पन्तको तस्बिर पनि पठाइएको छ।

प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधसभा विघटन भएसँगै व्यङ्ग्यस्वरुप संविधान पठाउने क्रम जारी छ। यसअघि कांग्रेस सांसद रमेशजंग रायमाझीले पनि राष्ट्रियसभा अध्यक्षमार्फत प्रधानमन्त्रीलाई संविधान पठाएका थिए।

शर्माले निर्मला पन्तको बलात्कारी खै प्रधानमन्त्रीज्यू भन्दै प्रश्न पनि सोधेका छन्। संविधान र फोटो हुलाकमार्फत् प्रधानमन्त्रीलाई आइतबार पठाइने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell