PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

इन्डोनेशियामा श्रीविजय एयरको ६२ जना यात्रु बोकेको विमान बेपत्ता



पहिलोपोस्ट

इन्डोनेशियामा श्रीविजय एयरको ६२ जना यात्रु बोकेको विमान बेपत्ता
Photo: AFP

जकर्ता : इन्डोनेशियामा एक विमान विमानस्थलबाट उडेको केही बेरमै बेपत्ता भएको छ। ६२ जना यात्रु बोकेको बोइङ ७३७ विमान इन्डोनेशियाको राजधानी जकर्ताबाट उडेको केही बेरमा समुद्रमा दुर्घटना भएको हुन सक्ने बीबीसीले उल्लेख गरेको छ

पश्चिमी कालीमन्टन प्रान्तको पोन्टियनाकको लागि उडेको श्रीविजय एयरको विमान चार मिनेटपछि सम्पर्कविहीन भएको थियो। फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइट राडर २४ डट कमले सो विमान एक मिनेटभित्रै ३ हजार मिटर भन्दा बढी अल्टिच्युड गुमाएको बताएको छ।

प्रत्यक्षदर्शीहरुले विस्फोट भएको सुनेको तथा देखेको बताएका छन्। त्यहाँका सोलिहिन नामक एक माझीले बीबीसीलाई बताए अनुसार उनले दुर्घटना भएको देखेका थिए। उनले क्याप्टेनले विमानलाई जमिन तर्फ लैजाने कोशिस गरेको समे बताए।

‘जहाज तीव्र गतिमा समुद्रमा झरेको थियो र पानीमा बझारिएको थियो’, उनले भने, ‘यो निकै नजिकको दृश्य थियो, विमानका टुक्राहरुले झण्डै मेरो सिपमा लागेन।’

विमान बेपत्ता भएको स्थानबाट नजिकको टापुमा बस्ने मानिसहरुले विमानको भाग जस्तो लाग्ने वस्तुहरु भेटेको बीबीसीलाई बताएका छन्। त्यहाँको यातायात मन्त्रालयले खोजी तथा उद्धारको काम जारी रहेको बताएको छ।

विमानको खोजीको लागि इन्डोनेशियन जल सेना पनि खटाइएको छ। जल सेनाका अधिकारी अब्दुल रसिदले रोयटर्सलाई बताए अनुसार उनीहरुले विमान भएको स्थान पत्ता लगाएका छन् भने सो क्षेत्रमा पानी जहाज पनि पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell