PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

म्यानचेस्टर युनाइटेडको संघर्षपूर्ण जित, आर्सनलले न्युक्यासललाई हरायो



पहिलोपोस्ट

म्यानचेस्टर युनाइटेडको संघर्षपूर्ण जित, आर्सनलले न्युक्यासललाई हरायो

एफए कप अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले वार्टफोर्डमाथि संघर्षपूर्ण जित निकालेको छ। ओल्ड ट्राफोर्ड मैदानमा भएको खेलमा घरेलु टोली युनाइटेडले १-० को संघर्षपूर्ण जित निकालेको हो।

युनाइटेडको जितमा स्कट म्याकटोमिनीले निर्णायक गोल गरे। उनले खेलको पाँचौ मिनेटमै एलेक्स टेलेसले कर्नरबाट प्रहार गरेको बललाई गोलको दिशा दिँदै टोमिनीले युनाइटेडको तेस्रो चरणमा जित सुरक्षित गरेका हुन्।

त्यस्तै गएराति नै भएको तेस्रो चरणकै अर्को खेलमा आर्सनलले न्युक्यासलमाथि जित निकाल्यो। इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले न्युक्यासलमाथि २-० गोलअन्तरको रोमाञ्चक जित निकालेको हो। निर्धारित ९० मिनेटको समयमा दुबै पक्षबाट गोल नभएपछि खेल अतिरिक्त समयमा पुगेको थियो।

अतिरिक्तमा समयमा इमाइल स्मिथ रो र पिएरे-एम्रिक-औबुमियाङले गोल गर्दै आर्सनलको जित सुनिश्चित गरे। स्मिथले १०९ मिनेट र औबुमियाङले ११७ मिनेटमा गोल गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell