PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अखिलले 'बयलगाडा भन्दै' प्रदर्शन गर्‍यो रिक्सा

अखिलले 'बयलगाडा भन्दै' प्रदर्शन गर्‍यो रिक्सा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : सडकमा ओर्लिएको प्रचण्ड माधव नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को कित्तामा उभिएका अखिलले आज सरकारविरुद्ध बयलगाढा प्रदर्शन गर्ने कार्यक्रम राखेको थियो। बिहान पाटन, दिउँसो माइतीघर र साँझ भक्तपुरमा बयलगाढा प्रदर्शन गर्ने कार्यक्रम रहेको अखिलले प्रचार नै गरेको छ।

बिहान ७ बजे नै पाटनमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध बयलगाढा प्रदर्शन गर्ने कार्यक्रम थियो। तर ढिला गरी करिब ९ बजेतिरमात्र विद्यार्थीहरु प्रदर्शनीमा आइपुगे। त्यो पनि बयलगाढा लिएर हैन, रिक्सा लिएर।

'यही मेरो साधन हो अमेरिका पुग्ने' लेखिएको पर्चा टाँसेर रिक्सा ल्याउँदै विद्यार्थीले पाटनबाट प्रतिनिधि सभा विघटनको विरोध गरे। उनीहरुले रिक्सामा ओली सरकारका काण्डहरु लेखिएको अरु पर्चाहरुसमेत टाँसेका थिए। प्रदर्शनका क्रममा अखिल र प्रहरीबीच घम्साघम्सी परेको थियो। अखिलले प्रदर्शनमा ल्याएको रिक्सा प्रहरीले खोसेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell