PahiloPost

May 16, 2026 | २ जेठ २०८३

मकवानपुरमा मृत अवस्थामा पुरुषको शव फेला



पहिलोपोस्ट

मकवानपुरमा मृत अवस्थामा पुरुषको शव फेला

मकवानपुरः हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा आज बिहान अन्दाजी ४५ वर्षीय एक पुरुषको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) इन्द्रबहादुर रानाका अनुसार शवको हाल सनाखत हुनसकेको छैन।

बिहान स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। हाल घटनास्थलमा प्रवक्ता रानासहितको टोली पुगिसकेको र शवको मुचुल्का उठाउने काम भइरहेको प्रहरीले जानकारी दिएको छ। घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell