PahiloPost

Jun 15, 2026 | १ असार २०८३

गाँजा तस्करीको साथमा भरुवा बन्दुक, तस्करीमा समातिए ईमान सिंह



पहिलोपोस्ट

गाँजा तस्करीको साथमा भरुवा बन्दुक, तस्करीमा समातिए ईमान सिंह

काठमाडौंः प्रहरीले गाँजा तस्करी गरेको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको छ।

बारा प्रहरीले मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ बस्ने ४७ वर्षीय ईमान सिंह तामाङलाई नियन्त्रणमा लिएको हो।

शनिवार राति ११ बजेर ४५ मिनेटमा इलाका प्रहरी कार्यालय निजगढ बाराबाट प्रहरी निरिक्षक विकास थपलियाको कमाण्डमा खटिएको टोलीले लागुऔषध गाँजाको तस्करी भएको जानकारी पाएपछि अप्रेसन सुरु गरेको थियो।

निजगढ नगरपालिका वडा नम्बर १३ स्थित भक्तलाल खोलाको बगरमा अवैध लागु औषध गाँजा ओसार पसार खरिद बिक्री गरी ८\१० जना रहेको जानकारी पाएको थियो। प्रहरी टोली सोही स्थानमा पुग्दा प्रहरी माथि ५ राउण्ड गोली समेत प्रहार भएको प्रहरीले जानकारी दिएको छ। बाँकी  तस्कर भागेका थिए।

प्रहरीले घटनास्थलबाट ५ वटा सेतो बोराभित्र रहेको १ सय २ केजी गाँजा समेत बरामद गरेको जानकारी दिएको छ। त्यस्तै इमान सिंहको साथबाट लोड भएको १ थान भरुवा बन्दुक समेत बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell