PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

सुरु भएको केही समयमै सकियो मन्त्रिपरिषद् बैठक



पहिलोपोस्ट

सुरु भएको केही समयमै सकियो मन्त्रिपरिषद् बैठक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सकिएको छ।

आइतवार विहान साढे ११ बजेका लागि बोलाइएको बैठक केही ढिलोगरी सुरु भएको थियो। बैठक सकिएको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईले जानकारी दिए।

मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीवार बस्ने भए पनि ओलीले मन्त्रीहरुलाई विहान १० बजे फोन गरेर बालुवाटार आउन निर्देशन दिएका थिए। आजको बैठकमा त्यस्तो महत्वपूर्ण निर्णय नभएको खानेपानी मन्त्री मणी थापाले जानकारी दिए।

आजै ओलीले राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दैछन्। आइतवार नै राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्यको तयारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell