PahiloPost

Jun 15, 2026 | १ असार २०८३

लेखनाथ क्षेत्रीको उपन्यास 'फुलाङ्गे' नेपाल र भारतमा एकसाथ सार्वजनिक



पहिलोपोस्ट

लेखनाथ क्षेत्रीको उपन्यास 'फुलाङ्गे' नेपाल र भारतमा एकसाथ सार्वजनिक

काठमाडौं : लेखक लेखनाथ क्षेत्रीको उपन्यास 'फुलाङ्गे' सार्वजनिक भएको छ. भारतको दार्जिलिङ्मा बसेर लेखन र अनुवादमा सक्रिय क्षेत्रीको यस अघि कविता संग्रह र रवीश कुमारको चर्चित पुस्तक 'मुक्त आवाज' नेपाली अनुवाद प्रकाशित छन्. 'फुलाङ्गे' उनको पहिलो आख्यान हो.

सत्ता र शक्तिबीच दबाइएको सपनाको कथा हो - 'फुलाङ्गे।' यसका चरित्रहरू सत्ताले निर्माण गरेका कठपुतलीहरु हुन्. दार्जीलिङलाई कठपुतली हुन कसले अभिशप्त पार्‍यो? यसको उत्तर लेखकले उपन्यासमा सरल पात्रहरुका वरिपरी खोज्ने प्रयास गरेका छन्। ऐतिहासिक संघर्षका भूइँप्वाल देखाउने यो आख्यान दार्जीलिङको संघर्षको दस्तावेजको साथै गोर्खाल्याण्ड आन्दोलनको समाजशास्त्रीय अध्ययन पनि हो।

सांग्रीला बुक्स नेपाल र इन्डियाले संयुक्तरुपमा प्रकाशन गरेको उपन्यास 'फुलाङ्गे' भारतका नेपाली पाठकका लागि अर्को सातादेखि उपलब्ध हुनेछ। यस उपन्यासको नेपाली मूल्य रू ३३५ रहेको छ र भारतीय मूल्य २५० रहने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell