जनकपुरधाम: विगत लामो समयदेखि दुबै मृगौला फेल भई उपचाररत रहेका २४ वर्षीय क्रिकेट खेलाडी कुन्दन सिंहको आज निधन भएको छ।
राष्ट्रियस्तरमा प्रदेश २ को तर्फबाट दर्जनौं यु–१९ क्रिकेट प्रतियोगिता खेलिसकेका कुन्दनको आज बिहान मृत्यु भएको जिल्ला क्रिकेट संघ धनुषाका उपसभापति शोभाकान्त पाण्डेय (गुड्डु)ले जानकारी दिए। कुन्दनको मिर्गौलाले विगत लामो समयदेखि काम गर्न छोडेको थियो।
महोत्तरीको जलेश्वर नगरपालिका फुलहट्टा घर भएका कुन्दनको मृगौला फेर्नुपर्ने चिकित्सकले धेरैदिन अघि नै सुझाव दिइसकेका थिए। तर आर्थिक अभावका कारण उनले आफ्नो मृगौला फेर्न सकेका थिएनन्। उनलाई तत्काल डायलायशिसमा राखिएको थियो।
कुन्दनलाई सहयोग गर्न सरकारले चासो नदेखाएपछि जिल्ला क्रिकेट संघ धनुषाका उपाध्यक्ष शोभाकान्त पाण्डे(गुड्डु) अगुवाईमा जनकपुरमा ’कुन्दन बचाउ अभियान’ समेत चलाएर युवाहरुले करिव ७ लाख रुपैयाँ संकलन गरि कुन्दनको उपचारमा सहयोग पुर्याएका थिए।
