PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

परराष्ट्रमन्त्री ज्ञवाली बिहीवार भारत जाने



पहिलोपोस्ट

परराष्ट्रमन्त्री ज्ञवाली बिहीवार भारत जाने

काठमाडौं : परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली यसैसाता भारतको भ्रमणमा जाने भएका छन्। दुई देशका परराष्ट्र मन्त्रीस्तरीय आयोगको बैठकमा सहभागि हुनका लागि मन्त्री ज्ञवाली भारत जान लागेका हुन्।

मन्त्री ज्ञवाली जनवरी १४ (पुस ३० गते) बिहीवार भारत जाने प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन्। राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै ओलीले छिमेकी देशसँगको सम्बन्ध सुधार भएको भन्दै उनले मन्त्री ज्ञवाली भारत जान लागेको जानकारी दिएका हुन्।

उनले नेपालले लिपुलेक लिम्पियाधुरासहितको नक्सा जारी गरेपछि त्यस विषयमा छलफल गर्न भारत जान लागेको जानकारी दिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell