PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

इन्डोनेशियामा बेपत्ता विमानको अंश? भेटिएका सामाग्रीको विश्लेषण हुँदै



पहिलोपोस्ट

इन्डोनेशियामा बेपत्ता विमानको अंश? भेटिएका सामाग्रीको विश्लेषण हुँदै
Reuters

जकार्ता विमानस्थलबाट उडेको केही बेरमै बेपत्ता भएको विमानको अंश समुद्रमा भेटिएको आशंका गरिएको छ। इन्डोनेशियाका अधिकारीहरूले उक्त बीबीसीलाई दिएको जानकारी अनुसार अनुसन्धानका क्रममा भेटिएको वस्तुको विश्लेषण भइरहेको छ।

भेटिएको वस्तुहरूमध्य एक पाङ्ग्रा पनि छ जुन सोही विमानको हुनसक्छ।

श्रीविजय एयरको बोइङ ७३७ विमान ६२ जना यात्रु बोकी पोन्टियनाकतर्फ उडेको थियो। उडेको चार मिनेटपछि सम्पर्कविहीन भएको हो। उक्त विमान खोजीका लागि १० भन्दा बढी जहाजमा नौसेना तैनाथ गरिएको थियो।

जकार्ता प्रहरीका प्रवक्ता यूसरी यूनुसका अनुसार अनुसन्धान टोलीले दुई वटा झोला पनि भेटेका छन्। 'एक झोलामा यात्रुको सामान छ र अर्कोमा शरीरको अंग। हामी त्यसको अनुसन्धान गरिरहेका छौं', उनले भने।

नेशनल सर्च एण्ड रेस्क्यू एजेन्सीका प्रमुख एयर मार्शल बैगस पुरुहितोले आफूहरूलाई दुई वटा ठाउँबाट संकेत मिलेको बताए। भने,'त्यो ब्ल्याक बक्स हुनसक्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell