PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

बालकोटमा प्रहरी कर्मचारीलाई हातपात गरेको अभियोगमा एक जना पक्राउ



पहिलोपोस्ट

बालकोटमा प्रहरी कर्मचारीलाई हातपात गरेको अभियोगमा एक जना पक्राउ

भक्तपुर : ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई हातपात गरेको अभियोगमा सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २२ वर्षीय नारायण सिंह सिलवाललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी प्रभाग बालकोटमा ड्युटीमा खटिएको प्रहरीलाई सिलवालले हातपात गरेपछि उनलाई नियन्त्रणमा लिई मादक पदार्थ सेवन जाँच गर्नको लागि कोरियन अस्पताल ठिमी लगिएकोमा उनले पुन: प्रहरी कर्मचारीहरुलाई हातपात गर्नुका साथै उक्त अस्पतालको इर्मेरजेन्सी वार्डको झ्याल ढोकाको सिसा समेत तोडफोड गरेका थिए।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell