PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

१० दिनमै अन्त्य गरियो संघीय संसदको अधिवेशन



पहिलोपोस्ट

 १० दिनमै अन्त्य गरियो संघीय संसदको अधिवेशन

काठमाडौं : संघीय संसदको चालु अधिवेशन अन्त्य भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य हुने गरी पत्र पठाएकी थिइन्।

पत्रलाई राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पढेर सुनाएसँगै बैठक अन्त्य भएको घोषणा गरी बाहिरिए। आजै आइतवार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक बोलाइ अधिवेशन अन्त्य गर्ने निर्णय गरेका थिए।

सोही अनुरुप आजै राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए। राष्ट्रपतिले अधिवेशन अन्त्य स्वीकृत गरेकी हुन्। अधिवेशन पुस १७ गते देखि सुरु भएको थियो।

संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा विघटन भएपछि अहिले राष्ट्रिय सभामात्र कायम छ। संवैधानिक वाध्यता अनुसार पुस १७ गते बैठक बोलाइएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell