PahiloPost

Jun 15, 2026 | १ असार २०८३

भारतमा जनवरी १६ देखि कोभिड-१९ विरुद्ध खोप अभियान



पहिलोपोस्ट

भारतमा जनवरी १६ देखि कोभिड-१९ विरुद्ध खोप अभियान
Getty Images

भारतमा जनवरी १६ देखि कोभिड-१९ विरुद्ध खोप अभियान शुरु हुने भएको छ। अभियानको पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मीलाई एवं अन्य फ्रन्टलाइनर्सलाई प्राथमिकता दिइने बीबीसी हिन्दीमा जनाइएको छ।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार दोस्रो चरणमा ५० वर्ष माथिकाहरूलाई स्वेच्छिक र ५० वर्षभन्दा मुनिका अन्य दीर्घरोगीलाई खोप दिइने जनाइएको छ। दोस्रो चरणमा करिव २७ करोड मानिस लाभान्वित हुने छन्।

खोप कार्यक्रमका लागि राज्य र केन्द्र शासित प्रदेशको तयारी कस्तो छ? र, देशमा महामारीको स्थिति समीक्षा गर्नका लागि प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बैठक बसिएको थियो। त्यस लगत्तै खोप अभियान घोषणा गरिएको हो।

भारतमा दुई फरक कम्पनीको खोपहरू कोभिशिल्ड र कोभ्याक्सीनलाई आपातकालीन प्रयोगको अनुमति दिइएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell