PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

आम मानिसका लागि 'सुपर हिरो' बनेका सोनू सूदविरुद्ध उजुरी



पहिलोपोस्ट

आम मानिसका लागि 'सुपर हिरो' बनेका सोनू सूदविरुद्ध उजुरी

कोरोना भाइरस महामारीका कारण अभावको चपेटामा परेकाहरूलाई सहयोग पुर्‍याए अभिनेता सोनू सूदले। उनले लकडाउन प्रभावितहरूलाई खाना खुवाउनेदेखि गाडी तथा प्लेनमार्फत् घर पठाउने, राहत र सुरक्षा उपकरण उपलब्ध गराउने काम गरे। सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा 'सुपर हिरो'को रुपमा व्याख्या गरियो सूदलाई।

यस पटक भने उनीविरुद्ध उजुरी दर्ता भएपछि सोनूको नाम समाचारको शीर्षक बनेको छ। बृहनमुम्बई महानगर (बीएमसी)ले उनीविरुद्ध निवेदन दिएको हो। उनले जुहुस्थित एक आवसीय भवनलाई होटलमा परिणत गरेको आरोप छ। त्यो पनि बिना अनुमति। उनले शक्ति सागर भवनको पुनर्निमाण गर्नुलाई 'गैर कानूनी' भनिएको छ।

तर, सोनू सूदले बीएमसीको उजुरीलाई चुनौती दिँदै बम्बई उच्च अदालतमा अपिल गरेका छन्। घटनामाथि सोमवार सुनुवाई हुने फस्टपोस्टले जनाएको छ।

सोनू दबङ्ग, जोदा अक्बर, सिम्बालगायत फिल्ममा निभाएको चरित्रका कारण पनि चर्चित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell