PahiloPost

Jun 15, 2026 | १ असार २०८३

थप २५९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि, ५ जनाको मृत्यु



पहिलोपोस्ट

थप २५९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि, ५ जनाको मृत्यु

काठमाडौं : नेपालमा थप २५९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ६४ हजार ७८९ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या एक हजार ९१७ पुगेको छ।

हालसम्म नेपालमा दुई लाख ५८ हजार ४४१ जना संक्रमण मुक्त भएका छन्। पछिल्लो २४ घण्टामा थप ५१३ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हाल नेपालमा चार हजार ४२२ जना सक्रिय संक्रमित रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell