PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

सरकारविरुद्ध अखिलले गर्‍यो बयलगाढा प्रदर्शन, विद्यार्थी र प्रहरीबीच घम्साघम्सी

सरकारविरुद्ध अखिलले गर्‍यो बयलगाढा प्रदर्शन, विद्यार्थी र प्रहरीबीच घम्साघम्सी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आज सरकारविरुद्ध बयलगाढा प्रदर्शन गरेको छ। अखिलले बिहान पाटन र दिउँसो माइतीघरमा बयलगाढा प्रदर्शन गरेको हो। त्यस्तै, साँझ भक्तपुरमा बयलगाढा प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पुतलासहितको बयलगाडाको प्रतीक बनाएर करिब ४ बजे तिर थापाथली क्याम्पसदेखि माइतीघरसम्म ल्याइएको थियो। पुतलामा आगो लगाएर बयलगाडा तानिएको थियो।

प्रदर्शनका क्रममा अखिल र प्रहरीबीच घम्साघम्सी परेको थियो। अखिलले प्रदर्शनमा ल्याएको बयलगाडा प्रहरीले खोसेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell