PahiloPost

Dec 19, 2025 | ४ पुष २०८२

वीरगंजका दुई बालक २४ घण्टादेखि बेपत्ता



राधेश्याम पटेल

वीरगंजका दुई बालक २४ घण्टादेखि बेपत्ता

वीरगंज : वीरगंजका दुई जना बालक २४ घण्टादेखि बेपता भएका छन्। वीरगंज-४ विर्ता बस्ने यातायात व्यवसायी जगरनाथ कलवारका १२ वर्षका छोरा तेजस भनिने शिवेस गुप्ता र सोही स्थान बस्ने दिपेश शर्माका छोरा वर्ष १२ का प्रनिश शर्मा बेपता भएका हुन्।

शनिवार बिहान ११ बजेदेखि दुई जना बालक बेपता भएको परिवारजनले जनाएका छन्। बिहान १० बजेदेखि ११ बजे सम्म शिवेसको घरमा स्कुलको शिक्षकबाट होम ट्युसन पढेर ब्याडमिन्टन खेल्न निस्केका उनीहरु हालसम्म सम्पर्कमा आएका छैनन्।

दुवै जना हिजो साँझसम्म घर नफर्केपछि उनीहरु बेपत्ता भएको प्रहरीमा जानकारी गराइएको थियो। परिवारजनले अपहरणमा परेको हुन सक्ने अशंकाले त्रसित बनेका छन्। यस विषयमा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक राजेशराज पुरीले बेपता बालकको बारेमा अनुसन्धान शुरु गरिएको र खोजी कार्य भइरहेको जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell