काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले निर्वाचनको सुरक्षामा लाग्न प्रहरीलाई निर्देशन दिएका छन्।
नेपाल प्रहरीको वरिष्ठ प्रहरी उपरीक्षकबाट नायव महानिरीक्षकमा बढुवा भएका अधिकृतहरुलाई आज गृह मन्त्रालयमा बधाई तथा शुभकामना दिँदै निर्वाचनको तयारीमा जुट्न उनले दिएका हुन्।
गृहमन्त्री थापाले भने, ‘तपाईँहरूको काँधमा एकातर्फ निर्वाचनको लागि आवश्यक तयारी गर्ने र अर्कोतर्फ सम्भावित आन्दोलन नियन्त्रण गर्ने दायित्व आइलागेको छ। लोकतन्त्रमा विरोध, प्रदर्शन गर्न पाइन्छ तर शान्ति, सुरक्षा र सुव्यवस्थामा असर पार्ने गरी प्रदर्शन गर्न पाइदैन।’
कार्यक्रममा गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्री पनि सहभागी थिए।
