PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

चेल्सी र म्यानचेस्टर सिटीको सहज जित



पहिलोपोस्ट

चेल्सी र म्यानचेस्टर सिटीको सहज जित

एफए कप अन्तर्गत गएराति भएको खेलमा चेल्सीले मोरेकाम्बेलाई हराउँदै चौथो चरणमा प्रवेश गरेको छ। स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले ४-० को सानदार जित निकालेको हो।

चेल्सीको जितमा म्यासन माउन्ट, टिमो वेर्नर, कलुम हुडसन ओडोइ र काइ हाभेर्ट्जले गोल गरे।

खेलको १८ औं मिनेटमा माउन्टले खेलमा अग्रता दिलाएका थिए। त्यस्तै ४४ औं वेर्नरले गोल गर्दा पहिलो हामा चेल्सी दुई गोलले अघि रह्यो। त्यस्तै दोस्रो हाफमा हुडसन-ओडोइले चेल्सीलाई अघि बढाए। उनले खेलको ४९ मिनेटमा गोल गर्दा हाभेर्टजले ८५ औं मिनेटमा गोल गरे।

त्यस्तै गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले बर्मिङ्घममाथि ३-० गोल अन्तरले जित निकाल्यो। सिटीको जितमा बर्नान्डो सिल्भाले २ गोल गर्दा फिल फोडेनले १ गोल गरे।

सिटीले तीनै गोल पहिलो हाफमा गरेको थियो। खेलको ८ ‍औं मिनेटमै सिटीलाई अग्रता दिलाएका सिल्भाले १५ औं मिनेटमै दोस्रो गोल गरेका थिए। त्यस्तै फोडेनले ३३ औं मिनेटमा गोल गरेका थिए। जितसँगै सिटी चौथो चरणमा प्रवेश गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell