PahiloPost

May 16, 2026 | २ जेठ २०८३

टोटेनहमको सानदार जितमा भिनिसियसको ह्याट्रिक



पहिलोपोस्ट

टोटेनहमको सानदार जितमा भिनिसियसको ह्याट्रिक

एफए कप अन्तर्गत गएराति भएको खेलमा टोटेनहम हट्स्परले मारिनमाथि फराकिलो जित निकालेको छ। रोसेट पार्कमा भएको खेलमा टोटेनहमले घरेलु टोली मारिनमाथि ५-० को फराकिलो जित निकालेको हो।

टोटेनहमको जितमा कार्लोस भिनिसियसले ह्याट्रिक गरे। उनले खेलको २४, ३० र ३७ औं मिनेटमा गोल गरेका थिए। त्यस्तै लुकास मौराले ३२ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा टोटेनहम चार गोलले अघि रहेको थियो।

दोस्रो हाफमा टोटेनहमका अल्फी डेभिनले गोल थप्दै ५-० को सहज जित सुनिश्चित गरे। जितसँगै टोटेनहम चौथो चरणमा प्रवेश गरेको छ। गएराति नै भएका अरु खेलहरुमा चेल्सी र म्यानचेस्टर सिटीले पनि सहज जित निकाल्दै चौथो चरणमा प्रवेश गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell