PahiloPost

Jun 15, 2026 | १ असार २०८३

भक्तपुरको पाण्डु बजारमा आगलागी

भक्तपुरको पाण्डु बजारमा आगलागी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौंः भक्तपुर सूर्यबिनायक नगरपालिका ६ पाण्डु बजारमा आगलागी भएको छ।

भोजबहादुर घिसिङले संचालन गरेको मासु पसलमा अचानक आगोलागी हुँदा नजिकै रहेका अन्य पसलहरुमा समेत सल्किएको हो।  महानगरीय प्रहरी वृत्त जगातीबाट गएको प्रहरी टोली, दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त भक्तपुरका डीएसपी दीपक थापाले जानकारी दिए।

प्रहरीको प्रारम्भीक अनुसन्धानमा बिजुलीको तार सर्ट भई आगोलागी हुँदा १२ लाख ६० हजार रुपैयाँको धनमा जलेर नष्ट भएको देखिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell