PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

केटीको विषयमा विवाद हुँदा चुक्कु प्रहार, उपचारको क्रममा मृत्यु भएपछि युवक समातिए



पहिलोपोस्ट

केटीको विषयमा विवाद हुँदा चुक्कु प्रहार, उपचारको क्रममा मृत्यु भएपछि युवक समातिए

काठमाडौंः बुढानिलकण्ठमा चक्कु प्रहार गरि एक युवकको हत्या गर्ने एक जना पक्राउ गरेका छन्।

महानगरीय प्रहरी वृत महाजगञ्जको टोलीले मकवानपुर थाहा नगरपालिका वडा नम्वर ६ घर भएका २१ वर्षीय राज सिंह ठकुरीलाई नियन्त्रणमा लिएको हो। आज बिहान चितवनको पिप्ले भन्ने स्थानबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी प्रमेश विष्टले जानकारी दिए।

पुस २३ गते बेलुकाको समयमा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ चिसेनी स्थित रहेको गुम्बा नजिकको सार्बजनिक बाटोमा २१ वर्षीय सुशिल तामाङलाई चक्कु प्रहार गरेका थिए। केटीको विषयमा झगडा हुँदा चक्कु प्रहारबाट घाइते भएका तामाङको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाजगंञ्जमा आइतवार मृत्यु भएको थियो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell