PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

बेलायतमा यसै सातादेखि खुल्दै कोभिड-१९ विरुद्ध खोप केन्द्रहरू



पहिलोपोस्ट

बेलायतमा यसै सातादेखि खुल्दै कोभिड-१९ विरुद्ध खोप केन्द्रहरू
PA Media

बेलायतमा आम जनताका लागि कोभिड-१९ विरुद्धको खोप केन्द्र खुल्ने भएको छ। यसै साता सात वटा खोप केन्द्रहरू खुल्ने त्यहाँको राष्ट्रिय स्वास्थ्य सेवाले जनाएको छ। केन्द्रहरू खुलेसँगै हजारौं बेलायतीले भाइरसविरुद्ध खोप लगाउनेछन्।

बेलायत सरकारले मध्य फेब्रुअरीसम्ममा एक करोड ५० लाख मानिस खोपबाट लाभान्वित हुने अनुमान गरेको छ। पहिलो चरणमा ७० वर्षमाथिका मानिस, स्वास्थ्यकर्मी र अन्य अग्रपन्थीमा रहेर काम गर्नेहरूलाई खोप दिइनेछ।

स्वास्थ्य सचिव म्याट ह्यानककले आफूहरूको मूल उद्देश्य महामारीको अन्त्य भएको बताए।

त्यहाँको सरकारले दैनिक कति मानिसले खोप लगाए? भन्ने तथ्याङ्क सार्वजनिक गर्ने बताएको छ। हालसम्म २० लाख मानिसलाई खोप लगाइसकेको म्याटको दावी छ।

बेलायतमा हालसम्म संक्रमणकै कारण ८० हजार मानिसले ज्यान गुमाइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell