PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

आज एकाएक निर्वाचन आयोगमा किन पुगे प्रचण्ड र माधव नेपाल?



पहिलोपोस्ट

आज एकाएक निर्वाचन आयोगमा किन पुगे प्रचण्ड र माधव नेपाल?

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूह आज एकाएक निर्वाचन आयोगमा पुगेको छ। सत्तारुढ दल नेकपा विभाजनको अवस्थमा निर्णायक भूमिकामा रहेको छ, आयोग। निर्वाचन चिन्ह र पार्टीको आधिकारिकताको विषय आयोगमा अहिले विचाराधीन छ। यस्तो अवस्थामा आन्दोलनमा रहेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आयोग पुगेका हुन्।

निर्वाचन आयोग पुगेर सरकारले तय गरेको निर्वाचनका कार्यक्रम रोक्न उनीहरुले आग्रह गरेका छन्। बहादुर भवन स्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले तत्काल निर्वाचन प्रक्रिया अघि नबढाउन आग्रह गरेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

निर्वचन आयोगका सह सचिव लक्ष्मीप्रसाद गौतमले निर्वाचनका कार्यक्रम रोक्न र दलबारे कागजात उपलब्ध गराउन दुईवटा पत्रमार्फत अनुरोध गरिएको बताए।

'आज उहाँले दुईवटा पत्र मार्फत अनुरोध गर्नुभएको छ। एउटा नेकपा दर्ता भएयता हालसम्मको कागजात पाउँ भन्नेबारे। नेकपा विवादका बेला हामीसँग भएका सक्कल कागजातबारे हो। हामीसँग भएका कागजातबारे हामी यहीबाट उपलब्ध गराउछौं। दोश्रो चाहिँ निर्वाचनका कार्यक्रम रोकिपाउँ भन्नेबारे छ,' उनले भने।

नेकपा विभाजन भएपछि दलको आधिकारिकताका लागि विवाद निर्वाचन आयोगमा पुगेको छ। आयोगले प्रचण्ड-माधव र प्रधानमन्त्री केपी ओली समूहलाई पत्र पठाएको थियो।

नेपाल कम्युनिष्ट पार्टी नाम र सूर्य चिन्हबारे नेकपामा लफडा छ। ओलीले संसद विघटन गरेर वैशाखमा निर्वाचनको मिति तोेकेका छन्। त्यही अनुसार निर्वाचन आयोगले तयारी गरेपछि प्रचण्ड माधव समूहले रोक्न आग्रह गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell