PahiloPost

Jun 15, 2026 | १ असार २०८३

कंगना रनौत र उनकी बहिनीविरुद्ध कारवाही नगर्न बम्बई उच्च अदालतको आदेश



पहिलोपोस्ट

कंगना रनौत र उनकी बहिनीविरुद्ध कारवाही नगर्न बम्बई उच्च अदालतको आदेश

सोमवार बम्बई उच्च अदालतमा अभिनेत्री कंगना रनौत र उनकी बहिनी रंगोली चंडेलविरुद्ध दर्ता उजुरीमाथि बहस भयो। तर, गाली गलौज र अन्य आरोपसहितको उजुरीमाथि अदालतले ठोस कारवाही गरेन।

अब उक्त उजुरीमाथि जनवरी २५ मा सुनुवाइ हुनेछ। अदालतले तोकेको मितिसम्म दुई दिदी बहिनीलाई कारवाही वा कुनै प्रश्न नगर्न प्रहरीलाई निर्देशन दिएको छ।

फस्टपोस्टका अनुसार रनौत र उनकी बहिनी जनवरी ८ मा वयान दिनका लागि बान्द्रा प्रहरी कार्यालय पुगेका थिए।

उनीहरूविरुद्ध सामाजिक सञ्जालमार्फत् छेडखानी गरेको, देशद्रोह प्रोत्सहान गरेको घृणा र साम्प्रदायिक तनाव सीर्जना गरेको आरोप छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell