PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन १ गते हुने



पहिलोपोस्ट

पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन १ गते हुने

काठमाडौं : १५ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फागुन १ गते शनिवारका दिन हुने भएको छ। प्रतियोगिताबारे जानकारी दिन नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्चले सोमवार आयोजित पत्रकार सम्मेलनमा ४२.१९५ किलोमिटरको म्याराथनसँगै यो संस्करणबाट महिलाहरुको हाफ म्याराथन (२१ किलोमिटर) समेत हुने भएको जनाएको हो।

पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष तेज गुरुङले पोखरालाई खेलकुद शहरको रुपमा विश्वमा परिचय गराउन पोखरा म्याराथनले भूमिका खेलेको बताउँदै कोभिड-१९ को कठिन समयमा समेत यसलाई निरन्तरता दिन लागिएको बताए।

‘म्याराथन केवल प्रतियोगिताका लागि मात्रै आयोजना भएको नभई पोखरालाई ‘सिटी म्याराथन’को अवधारणा अनुरुप विश्वमा परिचय गराउन यसको भुमिका रहेको छ,’ उनले भने।

कोभिड-१९ का कारण पोखरा म्याराथन अन्तर्गत आयोजना हुने १० किमी महिला/पुरुष, ५ किलोमिटर छात्र/छात्रा तथा दृष्टिविहीनहरुको दौड र अपाङ्गहरुको ह्विल चियर दौड भने फरक-फरक मितिमा आयोजना हुने मञ्चका अध्यक्ष गुरुङले जानकारी दिएका छन्। मञ्चले आगामी दिनमा आफ्ना भावी योजनाका साथ अघि बढेको बताउँदै उनले म्याराथनसँगै सामाजिक क्षेत्रमा समेत आफ्ना भावी कार्यक्रमहरु तय गरेको बताए।

पोखरा म्याराथन अन्तर्गत हुने दृष्टिविहीनहरुको दौड तथा अपाङ्गहरुको ह्विल चियर दौड फागुन २२ गते, १० किमी महिला र पुरुष दौड चैत १४ गते र ५ किलोमिटर छात्र/छात्रा दौड वैशाख ४ गते आयोजना हुने मञ्चले जनाएको छ। प्रतियोगिता अन्तर्गत ४२.१९५ किमी म्याराथन तर्फ प्रथम, द्वितिय, तृतिय र चौथो स्थान हासिल गर्ने धावकले क्रमश नगद २ लाख रुपैयाँ, १ लाख रुपैयाँ, ७५ हजार रुपैयाँ र २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै, महिला हाफ म्याराथनमा प्रथम, द्वितिय, तृतिय र चौथो स्थान हासिल गर्ने खेलाडीले क्रमश नगद १ लाख, ७५ हजार, ५० र १५ हजार रुपैयाँ प्राप्त गर्ने मञ्चका महासचिब खेम गुरुङले बताए।

त्यस्तै, ह्विल चेयर महिला/पुरुष तथा दृष्टिविहीन महिला/पुरुष दौडतर्फ प्रथम, द्वितिय, र तृतिय स्थान हासिल गर्ने खेलाडी क्रमश नगद ७, ५ र ३ हजार प्राप्त गर्ने छन् भने १० किलोमिटर महिला र पुरुषतर्फ विजेता खेलाडीले क्रमश नगद १५, १० र ५ हजार रुपैयाँ तथा ५ किलोमिटर छात्र/छात्राको दौडमा विजेता खेलाडीले नगद १०, ७ र ४ हजार प्राप्त गर्ने मञ्चले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell