PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

सत्तरी हजार भन्दा धेरै क्युएननका सदस्यको ट्विटर खाता सस्पेन्ड



पहिलोपोस्ट

सत्तरी हजार भन्दा धेरै क्युएननका सदस्यको ट्विटर खाता सस्पेन्ड
GITTI

सोसल मिडिया ट्विटरले अमेरिकी राष्ट्रपति ट्रम्पको पक्ष लिँदै तोडफोडमा उत्रिएको क्युएनन समूहका ७० हजार भन्दा धेरै ट्विटर अकाउन्ट सस्पेन्ड गरिएको छ। ट्विटरले ट्रम्पका पक्षमा षड्यन्त्र गर्ने समूहको ट्विट अकाउन्टमाथि नियन्त्रण गरेको एएफपीले जनाएको छ।

के हो क्युएनन?
क्युएननका एउटा कन्स्पिरेसीमा आधारित अभियान हो जसका सदस्यहरु अमेरिकाको क्यापिटोलमा रहेको संसदमा आक्रमण गर्न पुगेका थिए। यही अभियानका सयौं मानिसहरुलाई संसदमा पहिचान गरिएको थियो। राष्ट्रपति ट्रम्पको उक्साहटमा संसदमा आक्रमणमा उत्रिएका कतिपयले क्यू लेखिएको ब्यानहरु पनि बोकेका थिए।

'पिपुल हु लभ आवर कन्ट्री' ट्याग लाइनसहित उत्रिने क्युआएननका अभियन्ताहरु राष्ट्रपति ट्रम्पलाई हिरो मान्छन्।

मुलत: क्युएनन राष्ट्रपति ट्रम्पले छेड्नसक्ने गोप्य युद्धको तयारीका लागि बनेको संगठित समूह हो जसले आफूलाई सरकार, मिडिया र उद्योगका क्षेत्रमा रहेका खराबहरु विरुद्ध लड्ने दावी गर्छ। यो यस्तो षड्यन्त्रको आधारमा तयार भएको संगठन हो जसभित्र केही यस्ता दावीहरु पनि छन् जुन भुसको आगो जस्तै फैलिरहेको छ। यतिसम्म कि यो समूहले यस अघि ट्रम्पसँग प्रतिस्पर्धामा उत्रिएकी राष्ट्रपतिका उम्मेदवार हिलारी क्लिन्टनलाई पक्राउ र कारवाही गर्नेसम्मका हल्ला फैलाएको थियो। 

अज्ञात रुपमा फैलाइने यिनै हल्लाहरुको आधारमा यसको जन्म भएको बताइन्छ। साथै यस भित्रका तथ्यहरुमा कति पत्याउन लायक छन् त कति छैनन्। तर यो थ्यौरीले तिनै तथ्यहरुका आधारमा विश्वास आर्जन गरिरहेको देखिन्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell