PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बाइडेनको सपथ ग्रहणमा १५ हजार सैनिक परिचालन हुने



पहिलोपोस्ट

बाइडेनको सपथ ग्रहणमा १५ हजार सैनिक परिचालन हुने
REUTERS

अमेरिकी सुरक्षा एजेन्सी एफबीआइले जोय बाइडेनको सपथ अगाडि नै देशव्यापी रुपमा हिंसात्मक आन्दोलन हुनसक्ने चेतावनी दिएको छ। २० जनवरीमा बाइडेनले अमेरिकी राष्ट्रपतिको सपथ ग्रहण हुँदैछ। त्यसअघि नै हतियारधारीहरु भेला हुने तयारी भएको खुलासा भएको हो। बाइडेनको सपथ ग्रहण कार्यक्रमको सुरक्षा चुनौतीको विषय बनेको छ। 

सोमवारमात्रै बाइडेनले युएस क्यापिटोलको अगाडि सपथ ग्रहण गर्न आफू नडराको बताएका छन्। संसद भवनमा भएको आक्रमण दुई साता निवत्दै बाइडेन र उप राष्ट्रपति निर्वाचित कमला ह्यारिसले त्यही भवन बाहिर सपथ ग्रहण गर्ने अपेक्षा गरिएको छ। ट्रम्पका समर्थकहरुले संसदमा वितण्डा मच्चाएका थिए।

सुरक्षा अधिकारीहरु पुन: संसदमा भएको जस्तो अवस्था आउन नदिनका लागि सक्रिय भएका छन्। राष्ट्रपति निर्वाचनको प्रमाणिकरणको मतदान गरिरहेको संसदको प्रकृया नै विथोल्ने गरी ट्रम्पका समर्थकहरु हिंसात्मक रुपमा उत्रिएका थिए। यसरी उत्रिने मध्ये ४ जनाको ज्यान समेत गयो। 
सपथ ग्रहण कार्यक्रमका लागि १५ हजार नेसनल गार्ड ट्रुप परिचालन गरिने भएको छ। 
   
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell