PahiloPost

May 16, 2026 | २ जेठ २०८३

दमकको भुटानी शरणार्थी क्याम्पमा आगलागी, एक जनाको मृत्यु



पहिलोपोस्ट

दमकको भुटानी शरणार्थी क्याम्पमा आगलागी, एक जनाको मृत्यु

काठमाडौं : झापाको दमकमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ।

दमक नगरपालिका वडा नम्वर ३ स्थित भुटानी शरणार्थी सिविरको सेक्टर नम्वर डि ४ नम्वर ३२५ मा आगलागी भएको हो। प्यारालाइसिसका बिरामी घरभित्र सुतिरहेका ६० वर्षीय देशमान राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए।

सोमवार राति भएको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमक नगरपालिकाबाट गएको दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell