PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

गायक प्रमोद खरेलको प्रहरीमा उजुरी पछि विन्ध्यवासिनी म्युजिक कम्पनीका प्रमुख कार्यकारी पक्राउ



पहिलोपोस्ट

गायक प्रमोद खरेलको प्रहरीमा उजुरी पछि विन्ध्यवासिनी म्युजिक कम्पनीका प्रमुख कार्यकारी पक्राउ

काठमाडौंः विन्ध्यवासिनी म्युजिक कम्पनीका कार्यकारी अधिकृत लीना शर्मा रेग्मी पक्राउ परेकी छिन्।

गीतको प्रतिलिपी अधिकार उल्लङ्घन गरेको उजुरी परेपछि शर्मालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी प्रमेश विष्टले जानकारी दिए।

'गायकको गीतको विषयमा प्रतिलिपि उल्लङ्घन गरेको उजुरी आएको थियो। त्यसैको अनुसन्धानको सिलसिलामा नियन्त्रणमा लिएका हौं,' डीएसपी विष्टले भने।

गायक प्रमोद खरेलले आफ्नो गीतको प्रतिलिपी अधिकारको दुरुपयोग भएको भन्दै परिसरमा उजुरी दिएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell