PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

पुस सकिन एक दिन बाँकी रहँदा सदस्य सचिव सिलवालको दावी : पुस मसान्त भित्र प्रोत्साहन भत्ता आउँछ



पहिलोपोस्ट

पुस सकिन एक दिन बाँकी रहँदा सदस्य सचिव सिलवालको दावी : पुस मसान्त भित्र प्रोत्साहन भत्ता आउँछ

काठमाडौं : पुस सकिन एक दिन बाँकी हुँदा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले खेलाडीहरुले पाउने भनिएको प्रोत्साहन भत्ता पुस मसान्तभित्र पाउने बताएका छन्। 

नवनियुक्त खेलकुद मन्त्री दावा तामाङलाई स्वागत गर्न परिषदले आज आयोजना गरेको कार्यक्रममा सदस्य सिलवालले प्रोत्साहन भत्ताको विषय उठाएका हुन्। 

गत वर्ष नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले ५१ स्वर्ण पदक जिते पनि खेलाडीहरुले हालसम्म प्रोत्साहन भत्ता पाउन सकेका छैनन्। 

यसअघि प्रोत्साहन भत्ताका रुपमा ओलम्पियनले मासिक ४ हजार, एसियाली खेलकुदका पदक विजेता सागका स्वर्ण विजेताले ले प्रतिपदक ६ हजार पाउँदै आएका थिए। 

मन्त्री नियुक्त भएलगत्तै तामाङले १५ दिनभित्र प्रोत्साहन भत्ताको विषय टुंगो लगाउने दावी गरेका थिए। भत्ताका लागि कार्यविधि मस्यौदा बनाउन मन्त्री तामाङले कार्यदल गठन गरेका थिए।

सिलवालले मन्त्री तामाङलाई स्वागत गर्दै खेलकुद क्षेत्रले ऊर्जाशील र क्रियाशील खेलकुद मन्त्री पाएको बताए। उनले १३ औं साग व्यवस्थापन तथा जितका हिसाबले अब्बल रहेको दावी पनि गरे। उनले फुटबलको लिग सुरु, राष्ट्रिय लिग, गोल्डकप लगायतका प्रतियोगिताहरु सुरु गर्ने तयारी भइरहेको पनि बताए। खेल क्षेत्रलाई सामान्यिकरण गर्दै लैजान लागेको सिलवालको भनाइ थियो। 

सरकारले राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई भत्ता उपलब्ध गराउने निर्णय गरे पनि पदक दिलाएका खेलाडीले गत साउन महिना देखि भत्ता पाउन सकेका छैनन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell